हेडलाईनसमाचारप्रदेश

रूकुम पश्चिममा जीप दुर्घटना : सातको मृत्यु, १० घाइते

प्रहार समाचार । रुकुम , ७ कात्तिक २०८२ शुक्रवार । रुकुम पश्चिमको झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। खलङ्गाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आज साँझ साढे ५ बजे बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाको सीमास्थलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पुनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button