प्रहार समाचार । काठमाडौँ, ७ कात्तिक २०८२ शुक्रवार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग भइरहेका सबै व्यापार वार्ता अचानक समाप्त गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत क्यानडाले प्रसारण गरेको पूर्वराष्ट्रपति रोनाल्ड रेगनसम्बन्धी विज्ञापनलाई “आपत्तिजनक व्यवहार” भन्दै यस्तो निर्णय लिएका हुन्।

ट्रम्पले भनेका छन्, “क्यानडाको अस्वीकार्य कदमका कारण अहिलेबाटै सबै व्यापार वार्ता समाप्त गरिएको छ।”
यसअघि उनले क्यानडाबाट आयात हुने वस्तुमा ३५ प्रतिशत कर लगाएका थिए, भने धातु र सवारीसाधनमा क्रमशः ५० र २५ प्रतिशतका छुट्टै शुल्क थपेका छन्। तर, यूएसएमसीए सम्झौताअन्तर्गतका केही वस्तुलाई भने छुट दिइएको बताइएको छ।




















