प्रहार समाचार । तनहुँ, ४ कात्तिक २०८२ मङ्गलवार । तनहुँको डुम्रे–बेशीसहर सडकखण्डमा अटो दुर्घटना हुँदा चालक घाइते भएका छन्। आज दिउसो ४:२० को समयमा भानु नगरपालिका–१ साजबोटे स्थित सडकमा भन्सारतर्फबाट डुम्रेतर्फ आउँदै गरेको ग.प्र.०१–००१ ह ०४९९ नम्बरको अटो अनियन्त्रित भइ सडक छेउमा पल्टिएन पुगेको थियो ।

दुर्घटनामा अटो चालक ४१ वर्षीय रामचरण सुनार घाइते भएका छन्। अनुहारमा चोट लागेका उनलाई तत्काल डुम्रेको मोति अस्पतालमा प्राथमिक उपचार गरिएकामा थप उपचारका लागि साँझ ५:०० बजे भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेज (CMC) रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। चालकको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



























