हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको दुलेगौंडा बजारमा आगलागी : दुई पसल पूर्णरूपमा जलेर नष्ट

प्रहार समाचार । तनहुँ, ४ कात्तिक २०८२ मङ्गलवार ।
शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडा भित्री बजारस्थित एक तीनतले घरमा सोमवार लक्ष्मीपूजाको राति भीषण आगलागी हुँदा दुई वटा व्यवसायिक पसल पूर्णरूपमा नष्ट भएका छन्। राति झण्डै ८:१५ बजे घरभित्र बालेको दियोबाट आगो सल्किँदा आगलागी भएको प्रहरीको प्रारम्भिक छ।

आगो घरधनी बद्री श्रेष्ठको तीनतले पक्की घरको भुईँतलामा रहेको पसलबाट सुरु भएको थियो। आगो सल्केपछि घरमा रहेका “बबिन फेन्सी” र “दिपक कटिङ सुटिङ एण्ड ड्रेस हाउस” नामक दुई व्यवसायिक पसलहरू पूर्णरूपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन करिब ३५ मिनेट लाग्यो। आगो राति करिब ८:५० बजे नियन्त्रणमा आएको थियो। घरधनी बद्री श्रेष्ठद्वारा सञ्चालित बबिन फेन्सी र दिपक परियारद्वारा सञ्चालित ड्रेस हाउसमा व्यापक क्षति भएको बताइएको छ। दुबै पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने हालसम्म मानवीय क्षति भने नदेखिएको प्रहरीले जनाएको छ।

क्षतिको थप विवरण संकलन कार्य जारी रहेको र प्रारम्भिक विवरणअनुसार लाखौँको क्षति भएको अनुमान गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button