हेडलाईनसमाचारगण्डकी

राष्ट्रिय उपभोक्ता मञ्च लमजुङको पुनर्गठन: अध्यक्षमा ‘पहाडी’, उपाध्यक्षमा गौली

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ३१ असोज २०८२ शुक्रवार । लामो समयदेखि नेतृत्वविहीन रहेको राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्यसमिति लमजुङको पुनर्गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा वरिष्ठ पत्रकार नवराज अधिकारी ‘पहाडी’ चयन भएका छन्।

११ सदस्यीय पुनर्गठित समितिमा उपाध्यक्षमा सन्तोषी गौली, सचिवमा अनुज अधिकारी (सुन्दरबजार नगरपालिका), कोषाध्यक्षमा चन्द्रकान्त पौडेल (बेसीशहर नगरपालिका) र सहसचिवमा प्रमिला रेग्मी (दोर्दी गाउँपालिका) चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा सुरेन्द्रलाल श्रेष्ठ (सुन्दरबजार नगरपालिका), विजयरञ्जन पौडेल (मध्यनेपाल नगरपालिका), वासुदेव थापा (मस्र्याङ्दी गाउँपालिका), बेलबहादुर घिमिरे र ईश्वर अधिकारी (बेसीशहर नगरपालिका), तथा मिनबहादुर तामाङ (दोर्दी गाउँपालिका) रहेका छन्।

राष्ट्रिय उपभोक्ता मञ्चको केन्द्रीय कार्यालय, काठमाडौंले जिल्ला प्रशासन कार्यालय लमजुङलाई पत्रमार्फत जानकारी गराउँदै नयाँ समिति गठन गरेको हो। केन्द्रले पठाएको पत्रमा नवगठित समितिलाई औपचारिक मान्यता दिन र उपभोक्ता हितका कामहरूमा सक्रिय सहभागी गराउन जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ। साथै, समितिलाई आवश्यक नीति निर्देशन प्रदान गर्न पनि आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button