प्रहार समाचार । काठमाडौं, ३० असोज २०८२ बिहीवार । उपभोक्ताका लागि केही राहतस्वरूप नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो, जुन गए राति १२ बजेदेखि लागू भएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको छ। निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
यद्यपि, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ। पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटलाई ध्यानमा राख्दै निगमले पेट्रोलको मूल्य समायोजन गरेको बताइएको छ।



























