हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचारखेलकुद

सन्दीपको पाँच विकेट, रोहितको अर्धशतक: कतारविरुद्ध नेपालको नाटकीय जित

प्रहार समाचार । काठमाडौँ, २८ असोज २०८२ मङ्गलवार । ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ ।

सोमबार राति कतारविरुद्धको खेलमा नेपालले पाँच रनको नाटकीय जित दर्ता गर्दै विश्वकपको सम्भावनालाई थप बलियो बनाएको हो । नेपाली टोलीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । जवाफमा कतार २० ओभरमै सबै विकेट गुमाउँदै १४२ रनमै समेटियो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएर निर्णायक योगदान दिए । कतारका ओपनर इमाल लियानागे (५६ रन) र जुबेर अली (५२ रन) को साझेदारीले कतारलाई जितको नजिक पुर्‍याए पनि अन्तिम ओभरतिर नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले इमालसहित पाँच विकेट लिँदा, नन्दन यादवले दुई र दीपेन्द्र ऐरीले एक विकेट लिए । कप्तान रोहित पौडेलले ब्याटिङतर्फ ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

‘सुपर–६’ चरणमा नेपाल र आयोजक ओमान ६–६ अंकसहित शीर्ष दुई स्थानमा छन् भने यूएई र जापानको दुई–दुई अंक छन् । कतार र सामोआ अंकविहीन छन् । अबको खेलपछि शीर्ष तीन टोलीले आगामी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपालले युएईमाथिको एक रनको जितपछि कतारविरुद्धको जितले विश्वकप नजिक पुर्‍याएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button