हेडलाईनसमाचारगण्डकी

लमजुङमा काँग्रेसभित्र नेतृत्व परिवर्तनको चहलपहल : ८५ प्रतिशत प्रतिनिधिको महाधिवेशन माग

• बिजय अधिकारी ( संवाददाता ) लमजुङ , २७ असोज २०८२ सोमवार । लमजुङमा नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनको चहलपहल तीव्र बनेको छ। जिल्ला अधिवेशन प्रतिनिधिमध्ये ८५ प्रतिशतभन्दा बढी अर्थात् २२ जनाले नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन्। प्रतिनिधिहरूले वर्तमान नेतृत्वलाई निरन्तरता दिई आगामी निर्वाचनमा जानु नहुने ठहर गर्दै हस्ताक्षर अभियानमा सहभागी भएको बताएका छन्।


 

१५औं महाधिवेशन यथाशीघ्र गर्न पार्टी महामन्त्रीद्वयको आह्वानपछि लमजुङमा हस्ताक्षर संकलन सुरु गरिएको हो। अभियानको नेतृत्व काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले गरेका हुन्। विदेशमा रहेका प्रतिनिधिहरूसमेत अभियानमा सहभागी गराइएकामा जीवन श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङको समेत दस्तखत झिकाइएको छ।

महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेमा फरक धारका नेताहरू बृषराज गुरुङ र तुल्सीनारायण श्रेष्ठजस्ता अनुहारहरू पनि छन्। तर, काँग्रेसका जिल्ला सभापति एवम् गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वजिल्ला सभापति कृष्णप्रसाद कोइराला र तीर्थ थापा भने वर्तमान नेतृत्वको पक्षमा उभिएका छन्। २८ प्रतिनिधिमध्ये २२ जनाको हस्ताक्षर केन्द्रमा बुझाइसकिएको छ भने बाँकीको समर्थन अझै थपिन सक्ने जनाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button