प्रहार समाचार । काठमाडौं, २७ असोज २०८२ सोमवार । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिएको छ।

कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य प्रदेशहरूमा भने झरीको सम्भावना न्यून देखिएको छ, जसले गर्दा दैनिक जनजीवन र आवागमनमा खास प्रभाव नपर्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति देशभर मौसम प्रायः खुला रहनेछ। खुला आकाशका कारण विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो महसुस हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
























