हेडलाईनसमाचारप्रदेशखेलकुद

सुपर सिक्समा नेपालको सुखद् प्रवेश : जापानसँग टक्कर निर्णायक

प्रहार समाचार । काठमाडौँ, २३ असोज २०८२ बिहीवार । टस जितेर मैदान नउत्रिँदा पनि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा स्थान सुरक्षित गरेको छ। बिहीबार जापानले कुवेतलाई ५ विकेटले हराएपछि नेपाल समूह ‘बी’ बाट एक खेल अगावै दोस्रो चरणमा पुग्न सफल भएको हो

 

नेपालले बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो। त्यसपछि जापानले बिहीबार सोही कुवेतविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित निकाल्दा २४ घन्टाभित्र दुई पराजय बेहोरेको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। अब शुक्रबार नेपाल र जापानबीचको खेल समूह चरणको अन्तिम खेल हुनेछ, जसमा विजेताले सुपर सिक्सका लागि अतिरिक्त अंक जोड्नेछ ।

कुवेतले जापानविरुद्ध पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो। क्लिन्टो एन्टोले ३४, मीत भवसारले २९, अली जाहिरले ४१ र यासिन पटेलले ४० रनको योगदान दिए। बलरहरूसँग संघर्ष गरे पनि कुवेती ब्याट्सम्यानहरूले आक्रामक रूपमा खेल्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे ।

तर, जापानका इसम रहमानको धमाकेदार ब्याटिङले लक्ष्य सहज बनायो। रहमानले ३९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६४ रनको उत्कृष्ट इनिङ्स खेले। जापानले १९.३ ओभरमा लक्ष्य पूरा गर्दै कुवेतलाई स्तब्ध पार्‍यो। अब नेपाल र जापानबीचको भिडन्तले सुपर सिक्सको समीकरण थप चाखलाग्दो बनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button