हेडलाईनसमाचारगण्डकी

बेंसीसहर- चामे सडकमा राति सवारीमा रोक : यात्रुहरू सतर्क रहन आग्रह

• बिजय अधिकारी ( संवाददाता ) लमजुङ, १७ असोज २०८२ शुक्रवार । अविरल वर्षा र आगामी दिनमा थप भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै बेंसीसहर–चामे सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। मनाङ जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न रातको समयमा अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिए ।

प्रशासनका अनुसार मनाङबाट लमजुङको बेंसीसहरतर्फ बेलुकी ६:३० बजेसम्म मात्र सवारी छुट्नुपर्नेछ भने बेंसीसहरबाट मनाङतर्फ जान चाहने सवारीका लागि अन्तिम समय साँझ ७ बजेसम्म तोकिएको छ। माथिल्लो मनाङको हुम्डेबाट चामेसम्म बेलुकी साढे ६ बजेसम्म, कोतोबाट बेंसीसहरतर्फ अपरान्ह ४:३० बजेसम्म र तालडाँडा चौकीबाट बेंसीसहरतर्फ बेलुकी ६:३० बजेसम्म अन्तिम सवारी छुट्ने समय निर्धारण गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगत हुँदै तालडाँडा प्रवेश गर्ने सवारीका लागि पनि साँझ ७ बजेसम्मको समय तोकिएको छ। अवरुद्ध वा जोखिमयुक्त स्थानमा यात्रा नगर्न र निर्धारित समयभित्रै यात्रा सम्पन्न गर्न प्रशासनले सबै यात्रु र सवारी चालकहरूलाई अनुरोध गरेको छ। हेरौं विज्ञाति :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button