हेडलाईनसमाचारगण्डकी

लमजुङमा गाडीभित्रबाट नगद र मोबाइल चोरी : दुई जना पक्राउ

• बिजय अधिकारी (संवाददाता ) लमजुङ, १७ असोज २०८२ शुक्रवार । लमजुङको बेसिशहर–३ चण्डीमा सडक छेउमा रोकी राखिएको गाडीबाट नगद तथा मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले झोलाभित्र रहेको ५२ हजार ५ सय रुपैयाँ नगद, २ थान मोबाइल र नागरिकता सहितका व्यक्तिगत कागजात चोरी गरेका थिए।

गाडी रोकेर अन्य काममा व्यस्त भएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ। चोरीपछिको अनुसन्धानमा सक्रिय बनेको प्रहरीले केही समयमै संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने चोरी भएका सामग्रीहरू सम्बन्धित धनीलाई फिर्ता दिइएको प्रहरीको भनाइ छ।

चाडपर्वको समय यात्रुहरूको चहलपहल बढ्ने भएकाले प्रहरीले गाडीभित्र नगद तथा महत्वपूर्ण सामान खुल्ला रुपमा नराख्न आग्रह गरेको छ। यस्ता अवसरमा चोरीका घटना बढ्ने भएकाले सबै यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button