हेडलाईनसमाचारप्रदेश

दसैँको चटारो : आठ दिनमै पाँच लाख बढिले छाडे काठमाडौँ

प्रहार समाचार । काठमाडौँ, १५ असोज २०८१ बुधवार । दसैँ मनाउन गाउँ फर्किनेको सङ्ख्या तीव्र रुपमा बढेसँगै काठमाडौँ उपत्यका प्रायः सुनसान देखिन थालेको छ। असोज ६ गते घटस्थापना देखि असोज १४ गतेसम्मको आठ दिनमा ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्। पछिल्लो २४ घण्टामै ८५ हजार २८४ जना बाहिरिएका हुन्।

ट्राफिक प्रहरीका अनुसार सो अवधिमा १ लाख ८९ हजार सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् भने ७२ हजार ४१ सवारीमार्फत २ लाख ८५ हजार ३०८ जना उपत्यका भित्रिएका छन्। यात्रुहरूको मुख्य गन्तव्य पूर्व, पश्चिम र सुदूरपश्चिमका जिल्ला रहेका छन्।

यात्रुको चापसँगै सहजता र सुरक्षाका लागि ट्राफिक प्रहरीले प्रमुख नाका र पार्किङस्थलहरूमा थप प्रहरी खटाएको छ। मद्यपान नगर्न, सवारीको प्राविधिक अवस्था जाँच गर्न र नियम पालना गर्न आग्रह गरिएको छ। उपत्यकाभित्र सवारी


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button