हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ कारागारबाट भागेका १४० कैदी अझै फरार

प्रहार समाचार । तनहुँ, १४ असोज २०८२ मङ्गलवार । तनहुँ कारागारबाट भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर भागेका १४० कैदी अझै फरार छन्। कुल ३ सय २७ कैदीमध्ये १ सय ८७ लाई नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कैदी फरार भएपछि जिल्लामा चोरी, लुटपाट र हिंसाको डर फैलिँदै स्थानीयमा असुरक्षा बढेको छ ।

कारागार प्रशासनले असोज २० गतेसम्म नजिकको प्रहरी वा कारागार कार्यालयमा सम्पर्क गर्न फरार कैदीलाई आग्रह गरेको छ। तोकिएको म्यादसम्म नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ। साथै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ।

प्रशासनले कैदीबन्दीबारे सूचना दिन नागरिक, पत्रकार, व्यवसायी र समुदायसँग अपिल गरेको छ। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने बताइएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी वा कारागारका पदाधिकारीसँग सिधा सम्पर्क गर्न अनुरोध गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button