हेडलाईनसमाचारप्रदेश

नदीमा बोलेरो गाडी खस्यो : १३ जना घाइते

प्रहार समाचार । सिन्धुली , १३ असोज २०८२ सोमवार । दसैँको मुखमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–७, कानढुंग्री नजिक आज दिउँसो एक बोलेरो जिप नदीमा खसेको छ। उत्त दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट गोलन्जोर गाउँपालिका–४, तीनकन्या जाँदै गरेको बा २० च ९३१ नम्बरको बोलेरो अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बाँकी १२ जना यात्रु सामान्य र मध्यम घाइते छन्। उनीहरूलाई तत्काल उद्धार गरी नजिकैको सुनकोशी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटना बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–नेपालथोक सडक खण्डमा भएको हो। प्रारम्भिक अनुमानअनुसार सवारी साधनको ब्रेक फेल भएको हुन सक्ने आशंका गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button