हेडलाईनसमाचारप्रदेश

बडा दसैं २०८२ को राष्ट्रपति पौडेलद्वारा शुभकामना : संयमता, सहकार्य र साझा प्रयासमार्फत समाधान खोज्न सबैलाई आग्रह

काठमाडौँ, १३ असोज २०८२ सोमवार । हिन्दु धर्मावलम्बीहरूको महान पर्व बडा दसैंको अवसरमा राष्ट्रपति कार्यालय, महाराजगञ्जबाट शुभकामना सन्देश जारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै दसैंले सामाजिक एकता र भ्रातृत्व बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपतिले दसैं पर्व शक्ति, भक्ति र श्रद्धाको प्रतीक भएको उल्लेख गर्दै यसले नेपाली समाजमा पारिवारिक मिलन, मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा सुदृढ गर्न सहयोग पुर्‍याउने बताए । राष्ट्रपति पौडेलले विविधताबीचको सामाजिक एकतालाई मजबुत बनाउँदै सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने दसैंको महत्त्व अझ बढेको पनि उल्लेख गरेका छन्। साथै धार्मिक दृष्टिकोणले दसैं असत्यमाथि सत्यको विजयको रूपमा मनाइने पर्व भएको उल्लेख गरिएको छ।

देशमा हाल उत्पन्न परिस्थितिको सन्दर्भमा राष्ट्रपतिले संयमता, सहकार्य र साझा प्रयासमार्फत समाधान खोज्न सबैलाई आग्रह गरिएको छ। चुनाव समयमै सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै, राष्ट्रको समग्र कल्याण र स्थायित्वका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना पनि गरिएको छ । राष्ट्रपति पौडेलले अन्त्यमा भनेका छन्- ‘दसैं २०८२ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गरोस्।”

हेरौं शुभकामना सन्देश :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button