हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : लगातार वर्षाले पहाडी क्षेत्रमा जोखिम, काठमाडौँसहित देशभर मौसम बदली

प्रहार समाचार । काठमाडौं, १३ असोज २०८२ सोमवार । आज बिहान काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा ६ घण्टामा ८२.२ मिलिमिटर, बाहुनेपाटीमा ४६.४ र मानेखर्कमा ३८ मिलिमिटर वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी वायु कमजोर रहे पनि स्थानीय वायुले प्रभाव पारिरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

रातिको समय गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button