प्रहार समाचार । तनहुँ, १२ असोज २०८२ आइतवार । दशैंको उल्लास सबै नेपालीले समान रूपमा अनुभूत गर्न सकून् भन्ने उद्देश्यले सामाजिक अभियन्ता अविनश पन्थको नेतृत्वमा आवश्यक खाद्य सामग्री वितरण अभियान गरिएको छ ।

यस अभियान अन्तर्गत दाल, चामल, नून, तेल, आलु र सोयाबिन लगायत दैनिक उपभोग्य वस्तुहरू वितरण गरी किड्नी पीडित, मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, र अभिभावकविहीन बालबालिकालाई समेट्दै पाँच परिवारलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याइएको हो।
सहभागीहरूले यो पहलले आर्थिक कठिनाइ भोगिरहेका परिवारहरूलाई दशैंको रमाइलोमा सहभागी गराउने अवसर दिएको बताएका छन्। मानवता र सामाजिक उत्तरदायित्वको प्रेरणादायी उदाहरणस्वरूप रहेको यो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ।
























