प्रहार समाचार । काठमाडौँ, १२ असोज २०८२ आइतवार । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ पत्रकार अजयभद्र खनाललाई आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेकी छन्।

आज बसेको मन्त्रिपरिषद बैठकले खनाललाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकारीता क्षेत्रमा सक्रिय खनाल हालसम्म उकालो डटकमका प्रधानसम्पादक थिए।
त्यस्तै, मन्त्रिपरिषद बैठकले गोविन्दनारायण तिमल्सिनालाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारको जिम्मेवारी दिएको छ। विवेकशील नेपाली दलका संस्थापक सदस्य रहेका तिमल्सिना सामाजिक अभियन्ता तथा सशक्त वक्ताका रूपमा परिचित छन्।
नयाँ नियुक्ति प्रधानमन्त्री कार्यालयको सल्लाहकार टोलीलाई थप सशक्त बनाउने सरकारको अपेक्षा छ। सशक्त सञ्चार रणनीति र नीति निर्माणमा दुवै सल्लाहकारको भूमिका महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
























