हेडलाईनसमाचारगण्डकी

जेन-जी आन्दोलनलाई पोखरामा व्यापक समर्थन : ‘दोस्रो आँधी’को चेतावनी

प्रहार समाचार । कास्की , १२ असोज २०८२ सोमवार । समाज रूपान्तरण र संरचनागत शुद्धिकरणको मागसहित देशभर फैलिएको जेन-जी आन्दोलनलाई पोखरामा समेत व्यापक समर्थन प्राप्त भएको छ। सहिदपुत्र प्रकाश बास्तोला, पोखरा हटलाइन दैनिकका सम्पादक उत्तम पौडेल र समाजसेवी पुष्पराज बरालको सहभागितामा जेन-जी चोकमा आयोजित जनसभा मार्फत आन्दोलनलाई पूर्ण नैतिक समर्थन जनाइएको हो ।

प्रदर्शनमा बोल्दै सहभागीहरूले राजनीतिक नेतृत्व मात्र नभई प्रशासन, न्यायपालिका, सञ्चारमाध्यम र व्यापारिक क्षेत्रमा गहिरिएको सिण्डिकेट प्रवृत्तिविरुद्ध अब सशक्त प्रतिवाद आवश्यक रहेको बताए। उनीहरूले जनताको पीडा भोग्न बाध्य गराउने तर पहुँच र पावरको आडमा कानुन मिच्ने उच्चपदस्थ कर्मचारी, गुटबन्दी पत्रकार, व्यापारी र नेताहरूको मिलेमतोमा सञ्चालित ‘लुटतन्त्र’को भण्डाफोर गर्न आह्वान गरेका छन्।

“भ्रष्टाचार, अनैतिकता र पुँजीको दासत्वमा लम्पट भइ गएका केही पत्रकार र नेतृत्वकर्ताहरूको अनुचित संरक्षण अब सह्य हुँदैन,” वक्ताहरूले भने, “संरचनागत शुद्धीकरण बिना समाजमा परिवर्तन सम्भव छैन।” उनीहरूले स्क्रिनपछाडि चल्ने गिरोह, पहुँचधारी ठेकेदार, सरकारी कर्मचारी र द पत्रकारहरूको मिलेमतोमा भएको जनद्रोही गठबन्धनविरुद्ध फेरि एकचोटि शक्तिशाली आन्दोलन उठ्न सक्ने चेतावनीसमेत दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button