हेडलाईनसमाचारप्रदेश

दुई सवारी दुर्घटना : तीनको मृत्यु, १९ घाइते

प्रहार समाचार । सुर्खेत , १२ असोज १२ आइतबार । आज सल्यान र सुर्खेतमा भएका दुई पृथक सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। तस्बिर : ओएस नेपाल ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा बाफिकोट–५ का प्रकाश केसीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनाग्रस्त गाडीमा पाँच जना सवार थिए, जसमध्ये दुई जना घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। यता, सोही बिहान करिब ४ बजे कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–१०, ठूलो बिउरेनीमा दुर्घटना भएको हो।

उक्त गाडी दुर्घटनामा चालकसहित १७ जना यात्रु घाइते भएका छन्। उनीहरूको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ र देउती नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सुनारले जानकारी दिए। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button