हेडलाईनसमाचारगण्डकी

भोटेओडार–तार्कुकोट मिनी म्याराथुन सम्पन्न : पुरुषतर्फ नेपाली र महिलातर्फ तामाङ प्रथम

• विजय अधिकारी ( संवाददाता ) लमजुङ, १२ असोज २०८२ आइतवार । लमजुङको सुन्दरबजार नगरपालिका–८ स्थित भोटेओडारमा आयोजित पाँचौं तार्कुकोट मिनी म्याराथुन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। नेपालीहरूको महान चाड बडादशैंको अवसरमा अकला युथ सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ गोरखा नगरपालिका–३ का कमल नेपालीले ६.५ किलोमिटर दुरी ३५.१६ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरे। सोही नगरपालिका–३ का सरोज गिरी दोस्रो भए।

महिलातर्फ दोर्दी गाउँपालिका–३ की प्रमिला तामाङले ३ किलोमिटर दुरी ३२ मिनेटमा पूरा गर्दै प्रथम स्थान हात पारिन् भने सुन्दरबजार नगरपालिका–८ की प्राथना तामाङ ४२ मिनेटको समयसहित दोस्रो भइन्। विजेताहरूलाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिलातर्फ प्रथम र दोस्रो स्थान हासिल गर्नेले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत भए।

प्रतियोगिता सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उपमेयर के.सी.ले खेलकुदले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको भन्दै आयोजकलाई धन्यवाद दिइन्।

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा १६ जना पुरुष र ३ जना महिलाले सहभागिता जनाएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button