हेडलाईनसमाचारप्रदेश

‘अब बिगार्ने होइन, सपार्ने तर्फ लागौं ।’ – पूर्व राजा ज्ञानेन्द्र शाह

प्रहार समाचार । काठमाडौं, १२ असोज २०८२ आइतवार । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै समसामयिक राष्ट्रिय अवस्था र भावी पुस्ताप्रतिको जिम्मेवारीबारे सन्देश दिएका छन्। नवदुर्गा भवानीको आराधना गरिने यस चाडलाई पारिवारिक र सांस्कृतिक रुपमा मनाउनुपर्ने बताउँदै उनले मुलुक हाल चरम शोक र विध्वंसको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे।

पूर्वराजाले आज एक सन्देश जारि गर्दै राष्ट्रको अखण्डता, सार्वभौमिकता र स्वाभिमानका लागि पूर्वजले गरेका बलिदान नै आजको नेपाल निर्माणको मेरुदण्ड भएको स्पष्ट पार्दै अबको यात्रामा युवापुस्ताको भूमिका निर्णायक हुने बताएका छन्। आधुनिक प्रविधि, वैज्ञानिक सोच र भौतिक विकासका पक्षलाई आत्मसात गर्दै तर आफ्नो मौलिकता र मूल्य मान्यतालाई सुरक्षित राख्दै अघि बढ्नुपर्नेमा उनको जोड छ । “हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं”, भन्दै उनले आत्मावलोकनको आवश्यकता औंल्याएका छन् ।

राज्य व्यवस्था, नीतिगत निर्णय र विकासको दिशामा समय सापेक्ष सुधार आवश्यक रहेको उल्लेख गर्दै ज्ञानेन्द्रले विगतका भूल र अव्यवस्थाप्रति गहिरो चिन्ता पनि व्यक्त गरे। अब बिगार्ने होइन, सपार्ने तर्फ लाग्नुपर्ने र नयाँ पुस्ताको आशा, विश्वास र नवीन सोचलाई समेट्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ। यसपटक विगत झैं सर्वसाधारणलाई वृहत्तर रूपमा टीका जमरा नदिइने जानकारी पनि उनले सार्वजनिक गरेका छन्। हेरौं सन्देश जस्ताको तस्तै :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button