हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

काठमाडौंमा नयाँ कुमारीको चयन : साढे दुई वर्षीया आर्यतारा शाक्य अभिषेक हुने

प्रहार समाचार । काठमाडौँ, १२ असोज २०८२ आइतवार । काठमाडौंको ऐतिहासिक इटुम्बहाल क्षेत्रकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई राजधानीको नयाँ राजकुमारी कुमारीका रूपमा चयन गरिएको छ। परम्परागत मान्यतानुसार उनी मंगलबार, साँझ १२:०५ देखि १२:१६ को साइतमा विशेष विधिपूर्वक कुमारीको आसनमा अभिषेक गरिनेछ। नयाँ कुमारीका रूपमा आर्यताराले अबदेखि विभिन्न सांस्कृतिक, धार्मिक तथा राज्यस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछिन्।

यस विशेष अवसरमा हालसम्म कुमारीको भूमिका निर्वाह गर्दै आएकी तृष्णा शाक्यलाई बाजागाजासहित सम्मानपूर्वक बिदाइ गरिने कार्यक्रम तय भएको छ। त उनले विभिन्न राष्ट्रिय पर्व र पूजाआर्जामा सहभागिता जनाउँदै परम्परागत भूमिकालाई जीवन्त बनाएकी थिइन्। कुमारी पदबाट बिदा पाएपछि उनी सामान्य बालबालिकाजस्तै विद्यालय जान थाल्नेछिन्।

काठमाडौँको कुमारी परम्परा नेपालकै अनौठो र विश्वमै विशिष्ट सांस्कृतिक अभ्यासका रूपमा चिनिन्छ। ‘जीउँदो देवी’ का रूपमा कुमारी पूजिने चलन मल्ल कालदेखि चलिआएको हो, जसमा जात, कुल, चिह्न, ग्रह र शारीरिक लक्षण जाँचेर शाक्य वंशकी बालिकालाई कुमारी बनाइन्छ। कुमारी संस्था नेपालको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको गहिरो प्रतीक हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button