हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा : शक्तिपीठमा भक्तजनको घुइँचो

प्रहार समाचार । तनहुँ, १२ असोज २०८२ आइतवार । आज आश्विन शुक्ल षष्ठीका दिन नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार नौ दुर्गामध्येकी छैटौं स्वरूप कात्यायनीको विधिपूर्वक पूजापछि शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। पुराण अनुसार, ऋषि कात्यायनको आश्रममा अवतरित भएकी देवी कात्यायनीलाई उहाँले पुत्री रूपमा स्वीकार गरेका थिए, जसले गर्दा यिनको नाम ‘कात्यायनी’ रहन गएको हो ।

कात्यायनी देवीको स्वरूप शार्दूल वाहनमा सवार, हातमा खड्ग, चुल्ठो जुँगा, कानमा जपापुष्प र यार्लिङ, तेलले लिप्त शरीर र दानव संहारिणीका रूपमा वर्णन गरिएको छ। नवरात्रभर पूजा कोठामा घटस्थापनादेखि नवमीसम्म नौ दुर्गाको पूजाअर्चना गरिन्छ, जसअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाताको पूजा भइसकेको छ।

आज छैटौं दिन कात्यायनीको पूजापछि सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा हुनेछ। नवरात्रको अवसरमा शक्तिपीठ, मठमन्दिर तथा देवीस्थलहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ। नवमीसम्म पूजाअर्चना गरी विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परासहित १५ दिनसम्म बडादशैँ पर्व देशभर श्रद्धा र भक्ति भावसाथ मनाइन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button