हेडलाईनसमाचारप्रदेश

ओलीको दम्भपूर्ण शैली : आत्मालोचना होइन, चुनौती र आरोप

प्रहार समाचार । काठमाडौँ, ११ असोज २०८२ शनिवार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा मृतकहरूप्रति सहानुभूति प्रकट नगरी उल्टै सरकारमाथि कडा आरोप र चुनौतीपूर्ण अभिव्यक्ति दिएका छन्। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार जनताको अभिमतबाट नभई “तोडफोड र आगजनी”बाट बनेको भन्दै संविधानसम्मत नभएको टिप्पणी गरे। उनले आफ्ना निर्देशनहरू सबै रेकर्डमा रहेको भन्दै सरकारले ती सार्वजनिक गर्न हिम्मत देखाउनुपर्ने चुनौतीसमेत दिए।

जेन–जी आन्दोलनले उठाएका मुद्दाहरूले देशव्यापी बहस सिर्जना गरिरहेको बेला ओली भने आत्मालोचना गर्नुभन्दा आक्रोशपूर्ण र दम्भपूर्ण शैलीमा प्रस्तुत भए। “मैले कुनै गल्ती गरेको छैन, मेरो काममा जनताले प्रश्न उठाउने ठाउँ छैन,” भन्दै ओलीले आफूले दिएका सबै निर्देशन र निर्णयहरू पारदर्शी रहेको दाबी गरे। आन्दोलनमा शहादत प्राप्त युवाहरूप्रति कुनै सम्बेदना व्यक्त नगरी, ओलीको यस्तो धारणा जनआवाजको अपमानका रूपमा हेरिएको छ।

पासपोर्ट रोक्का निर्णयप्रति समेत तीव्र असन्तुष्टि जनाउँदै ओलीले सोधे, “हामी देश छोडेर भाग्छौं भन्ने के सोचिएको हो?” उनले सरकारलाई “हाहुको सरकार” भन्दै अपमानजनक शैलीमा टिप्पणी गरे। ओलीको यस्तो दम्भपूर्ण व्यवहारले जेन–जी आन्दोलनलाई आत्मसात् गर्ने राजनीतिक इच्छाशक्तिमा प्रश्न उठाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button