हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहँदा स्थानीय वायुले आंशिक असर देखाइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ भने तराई तथा अन्य क्षेत्रहरूमा आंशिक बदली मात्र हुने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बाँकी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ, जसले विशेष गरी पहाडी क्षेत्रका जनजीवनमा प्रभाव पार्न सक्ने देखिन्छ।

आज रातिको मौसम अवस्था पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ। कोशी प्रदेशलगायतका अन्य पहाडी क्षेत्रमा रातिको समयमा समेत थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना औंल्याइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button