हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

रूसमा विषाक्त मदिरा सेवनले १९ को ज्यान गयो

प्रहार समाचार । रूस , १० असोज २०८२ शुक्रवार । रूसको लेनिनग्राद क्षेत्रअन्तर्गत स्लान्त्सी जिल्लामा विषाक्त मदिरा सेवनका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ। क्षेत्रीय सरकारका अनुसार आठ जनाको मृत्यु मिथेनोल विषाक्तता पुष्टि भएको हो। घटनासँग सम्बन्धित एक पुरुष र एक महिला पक्राउ परेका छन् र उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

रूसमा अवैध र घरेलु मदिराको प्रयोगले पटक–पटक ज्यान लिने घटना दोहोरिएको छ। विशेष गरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गले सस्तो विकल्पको रूपमा यस्ता खतरनाक पदार्थ सेवन गर्ने गरेका छन्।

यसअघि सन् २०२३ मा नक्कली साइडरबाट ५० र २०१६ मा मिथेनोलयुक्त ‘बाथ ऑयल’ सेवनबाट ६० जनाको मृत्यु भएको थियो। यस्ता घटनापछि कानुन कडा पारिए पनि विषाक्त मदिराको सहज उपलब्धता अझै नियन्त्रणमा आउन सकेको छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button