हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरमा घर फर्किंदै गरेका वृद्धमाथि कुटपिट : अनुहारमा गम्भीर चोट

प्रहार समाचार । तनहुँ, १० असोज २०८२ शुक्रवार । तनहुँको बन्दीपुर–२ हल्थुमका ६५ वर्षीय आइता सिंह गुरुङमाथि बिहीबार बेलुकी कुटपिट भएको छ। घर फर्कने क्रममा बाटोमै मदिरा सेवन गरिरहेका केही व्यक्तिहरूले गुरुङमाथि निर्घात आक्रमण गरेको उनका छोरा दीप गुरुङले बताएका छन्।

कुटपिटबाट गुरुङको अनुहारमा गम्भीर चोट लागेको छ। स्थानीयवासीको सहयोगमा उनलाई तत्काल बन्दीपुर अस्पताल पुर्‍याइएको थियो, जहाँ अनुहारमा टाँका लगाएर प्रारम्भिक उपचारपछि घर फर्काइएको छ। थप उपचारका लागि आवश्यक रिपोर्ट चितवन पठाइएको दीपले जानकारी दिए।

घटनापछि स्थानीयबासीहरू आक्रोशित बनेका छन्। उनीहरूले आक्रमणकारीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button