हेडलाईनव्याससमाचारगण्डकी

चाडपर्वमा सुरक्षा सुनिश्चित गर्न प्रहरी र टोल विकास संस्थाबीच तनहुँमा अन्तरक्रिया

प्रहार समाचार । तनहुँ, १० असोज २०८२ शुक्रवार । चाडपर्व नजिकिँदै गर्दा सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा प्रहरी र टोल समुदायबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सुरक्षामा समुदायको भूमिकालाई विशेष महत्व दिनु पर्ने र सूचना आदान–प्रदानमार्फत सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने बताए। उनले चाडपर्वको समयमा सार्वजनिक चासोका विषयमा स्थानीय तह र सुरक्षाकर्मीबीच नियमित समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप चोरी, डकैती र लुटपाट—न्यूनिकरण गर्न प्रहरी र स्थानीय समुदायबीच समन्वय अझ सशक्त बनाइनु पर्नेमा जोड दिए।

अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र १३ का वडा अध्यक्षहरू, टोल विकास संस्थाका अध्यक्षहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी साझेदारी केन्द्रका अध्यक्ष राजेश्वर हड्खले, उपाध्यक्ष गोविन्द राम पौडेल र सचिव तारा नरेश पौडेल सहभागी थिए। कार्यक्रममा वडा अध्यक्ष तथा टोल विकास संस्थाका प्रतिनिधिहरूले चाडपर्वमा सम्भावित आपराधिक गतिविधिहरू रोक्न सुरक्षाकर्मीको गस्ती बढाउने, सूचना संकलन प्रणाली मजबुत बनाउने र स्थानीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button