हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

काठमाडौं महानगरका प्रमुख बालेनले भोलीबाट दुर्गम क्षेत्रका लागि रोकिएको एम्बुलेन्स वितरण गर्ने

प्रहार समाचार । काठमाडौँ, ५ असोज २०८२ आइतवार । काठमाडौँ महानगरका प्रमुख बलेन शाह बालेन्द्रले दुर्गम क्षेत्रका लागि राहत: रोकिएको एम्बुलेन्स भोलीबाट वितरण कार्य पुनः सुरु गरिने बताएका छन्।

‘बिगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी २०८२ असोज ७ गते मङ्गलबारबाट पुनः सुरु हुने भएको छ।’ – मेयर शाहले बताए । पहिलो चरणमा, देशभरका दुर्गम तथा स्वास्थ्य सुविधामा पछाडि परेका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिनेछ। वितरण प्रक्रिया पारदर्शी बनाउन, पालिका छनोटका लागि स्पष्ट मापदण्ड तयार गरिएको बताइएको छ।

स्वास्थ्य सेवा पहुँचलाई सबै नेपालीको आधारभूत अधिकार मानेर, सरकारले यस पटक दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रलाई प्राथमिकतामा राखेको छ। यस्ता स्थानहरूमा जीवन रक्षाका लागि सहज स्वास्थ्य सेवा पुर्‍याउनु महानगरको उद्देश्य रहेको छ ।

अधिकारीहरूका अनुसार यो कार्यक्रमको सुरुवात मात्रै हो। महानगरको लक्ष्य कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हो। आगामी दिनमा बाँकी पालिकाहरूमा पनि आवश्यकता अनुसार एम्बुलेन्स सेवा विस्तार गरिँदै लैजाने योजना रहेको महानगरको भनाई छ छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button