प्रहार समाचार । चितवन, ५ असोज २०८२ आइतवार । नारायणघाट–मुग्लिन सडक ४५ घण्टापछि पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक सफा गरी आज साँझबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक बन्द हुँदा हजारौं यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू बाटोमै अलपत्र परेका थिए। लामो समयसम्म गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरू हैरान बनेका थिए भने खाद्यान्न तथा अन्य उपभोग्य वस्तुहरूको ढुवानी समेत प्रभावित भएको थियो।
यद्यपि सडक सञ्चालनमा आए पनि जोखिम भने यथावत् रहेको छ। विभिन्न स्थानमा अझै पनि भूस्खलनको सम्भावना रहेकाले सवारी चालकहरूलाई सतर्क रहन ट्राफिक प्रहरी र स्थानीय प्रशासनले अनुरोध गरेका छन्। स


















