हेडलाईनसमाचारप्रदेश

ओली र लेखकलगायतलाई कारबाहीको माग गर्दै पूर्वविशिष्टलाई सेवा–सुविधा कटौती गर्न मानव अधिकार समाजको आग्रह

प्रहार समाचार । काठमाडौँ, ५ असोज २०८२ आइतवार । जेनजी पुस्ता आन्दोलनका क्रममा गोली हान्न आदेश दिने पूर्व प्रधानमन्त्री केपी ओली र तात्कालिन गृह मन्त्री रमेश लेखकलाई तत्काल कारबाहीको माग गरिएको छ। यसका साथै पूर्वविशिष्टलाई सेवा–सुविधा कटौती गर्न मानव अधिकार तथा शान्ति समाजले जोडदार माग गरेको छ।

शान्ति समाजले जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगले नागरिकको ज्यान र सम्पत्तिमा क्षति पुर्‍याएको दाबी गर्दै सो घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न उच्चपदस्थ राजनीतिक व्यक्तिहरूले जवाफदेही वहन गर्नुपर्ने जनाएको छ। समाजका अनुसार दण्डहीनताको संस्कृति अन्त्य गर्न दोषीलाई कानूनअनुसारको कारबाही अनिवार्य रहेको जनाएको छ।

त्यस्तै, समाजले पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको ढुकुटीबाट दिइँदै आएका सेवा–सुविधाहरू तत्काल कटौती गर्न माग गरेको छ। देशको आर्थिक अवस्था कमजोर रहेको बेला अवकाशप्राप्त पदाधिकारीहरूलाई अत्यधिक सुविधा दिनु अनावश्यक बोझ भएको समाजको ठहर छ। समाजले जनताको करदाताको पैसाको दुरुपयोग रोक्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको उल्लेख गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button