हेडलाईनसमाचार

राष्ट्रपति पौडेलको आह्वान : “निर्धारित समयमा निर्वाचन सम्पन्न गरौं”

निर्धारित समयमा निर्वाचन

प्रहार समाचार । काठमाडौं, असोज ४, २०८१ शनिबार। — संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ को अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबैलाई आह्वान गरेका छन्।

उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नदेखिएपछि आम सहमतिबाट मुलुकलाई अस्थायी राजनीतिक निकास दिइएको उल्लेख गर्दै आगामी छ महिनाभित्र निर्वाचन सम्पन्न गरेर स्थायी समाधान दिनुपर्नेमा जोड दिए।

राष्ट्रपतिले सबै राजनीतिक दल, राज्यका अंग, बौद्धिक समुदाय र नागरिक समाजलाई असहमति र द्वन्द्वलाई छोडेर सहकार्यसहित निर्वाचनको सफलताका लागि जुट्न आग्रह गरे।

१७ वर्षको उमेरदेखि नै प्रजातन्त्रका लागि संघर्षमा होमिएको स्मरण गर्दै पौडेलले लोकतन्त्रलाई सुदृढ पार्न सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताए। उनले सुशासन, निष्ठा र नैतिकताका आधारमा राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिँदै संविधान दिवसमा लोकतन्त्र र संविधानको भावना प्रति प्रतिबद्ध रहने सङ्कल्प गर्न सबैलाई आग्रह गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button