प्रहार समाचार । काठमाडौँ, ३१ भदौ २०८२ मङ्गलवार । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छिट्टै फोनवार्ता हुने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ। एक मन्त्रीका अनुसार आवश्यक तयारी पूरा भइसकेको छ र केहीबेरमै दुई नेताबीच संवाद हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै मोदीले सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै उनी महिला सशक्तीकरणको एक महत्वपूर्ण प्रतीक बनेको उल्लेख गरेका थिए।

सुशीला कार्की शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्।
Source: ekantipur


























