हेडलाईनसमाचारप्रदेश

असोज १ गते शोक बिदा

• विजय अधिकारी (संवाददाता ) काठमाडौ, ३१ भदौ २०८२ मङ्गलवार । अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यही असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

  


यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ता आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

हिंजो बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णयसँगै न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button