हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : दुई प्रदेशमा धेरै वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, २८ भदौ २०८२ शनिवार अझै पनि नेपालका विभिन्न भागमा मनसुन सक्रिय रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्तमान मनसुनी प्रणालीको असरले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहेको र वर्षा क्रम जारी रहने अनुमान गरिएको छ। विशेषगरी गण्डकी र कर्णालीका एक–दुई स्थानमा पनि वर्षा भइरहेको उल्लेख गरिएको छ ।

आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि मौसममा केही थप सक्रियता देखिन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ। भारी वर्षासँगै पहिरो, बाढी र सडक अवरुद्धजस्ता जोखिमसमेत हुन सक्ने हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ ।

आज राति पनि मौसम खासै सुधार नहुने देखिएको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै रातिको समयमा कोशी, मधेशलगायत बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा सक्रिय अवस्थामा रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button