हेडलाईनसमाचारप्रदेश

प्रतिनिधिसभा विघटन : फागुन २१ गते निर्वाचन हुने, कार्कीको काँधमा जिम्मेवारीको भारी

प्रहार समाचार । काठमाडौं, २८ भदौ २०८२ शनिवार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिंजो शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको हो।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिमा आगामी फागुन २१ गते नयाँ निर्वाचन हुने उल्लेख गरिएको छ। यससँगै अब मुलुक नयाँ चुनावी यात्रातर्फ अघि बढेको छ।

नव नियुक्त प्रधानमन्त्री शुशीला कार्कीको काँधमा जेन जी पुस्ताका युवाहरुलाई समेटेर मन्त्रीमण्डल गठन गरेर आगामी फागुन २१ गते नयाँ निर्वाचन गराउने जिम्मेवारी थपिएको छ। आन्दोलनका क्रममा लगाइएको आगोले देशकै मुटु मानिने सिंहदरबार जलेर खरानी भएको छ। न्यायको आस्थाको केन्द्र सर्बोच्च अदालत ध्वस्त भएको छ।

यसका साथै अन्य धेरै सरकारी कार्यालय र तिनका भवनहरु खरानी भएका छन्। दैनिक कार्यालय संचालन गर्न नै मुस्किल देखिन्छ भने अरबौं अरब पर्ने सयौ सरकारी सवारीसाधन खरानी भएका छन्। संसद विघटनको मुद्दालाई राजनैतिक दलहरुले मसला बनाएर विरोधको रोइलो नगर्लान भन्न सकिंदैन । प्रधानमन्त्री कार्कीको कोधमा यी सबैको व्यवस्थापन गर्दै अगाडी बढ्नु पर्ने जिम्मेवारी थपिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button