हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति पौडेलद्वारा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

प्रहार समाचार । काठमाडौँ, २७ भदौ २०८२ शुक्रवार । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्। जेन–जी पुस्ताको माग अनुसार सरकारले अन्तरिम व्यवस्था स्वरूप नयाँ नेतृत्वको आवश्यकता देखिएको भन्दै कार्कीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (३) र (४) को आधारमा कार्कीको नियुक्ति गरेका हुन्। उक्त उपधारा (३) मा राष्ट्रपतिको कर्तव्यका रूपमा “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने” जिम्मेवारी उल्लेख गरिएको छ भने उपधारा (४) मा “संविधानको पालना तथा संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ” भनिएको छ।

यी संवैधानिक प्रावधानहरूलाई आधार मानेर राष्ट्रपतिले कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको रूपमा नियुक्त गरेका हुन्। अन्तरिम सरकारको आवश्यकता र राजनीतिक सहमतिअनुसार कार्कीको नाममा सहमति जुटेपछि राष्ट्रपति कार्यालयले औपचारिक रूपमा नियुक्तिको घोषणा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए ।

पूर्वप्रधानन्यायाधीश रहेकी कार्की नेपाली न्यायपालिकामा पहिलो महिला प्रधानन्यायाधीशको रूपमा परिचित छिन्। अब उनी कार्यकारी प्रमुखको भूमिकामा रहँदै आगामी निर्वाचन सम्म अन्तरिम सरकारको नेतृत्व गर्नेछिन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button