हेडलाईनसमाचारप्रदेश

सुशीला कार्की सरकार प्रमुख : प्रतिनिधिसभा विघटनमा सहमति, आजै सपथ

प्रहार समाचार काठमाडौं, २७ भदौ २०८२ शुक्रवार । नेपालको राजनीति फेरि एकपटक ऐतिहासिक मोडमा प्रवेश गरेको छ। आज दिनभर चलेको उच्चस्तरीय छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने विषयमा शीतल निवासमा सहमति जुटेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले कार्कीलाई आजै राति ९ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको जानकारी दिए ।

सरकार गठनका लागि छलफल गर्न सुशीला कार्कीसँगै “हामी नेपाल” अध्यक्ष सुदन गुरुङ, जेनजी अभियन्ता, र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

न्यायपालिकाबाट कार्यपालिकासम्मको यात्रा :

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको न्याय इतिहासमा कडा र निडर छविकी न्यायाधीशको रूपमा चिनिन्छिन्। कार्यपालिका सम्हाल्ने जिम्मेवारी पाएपछि देशको शासनमा अब नयाँ ढंगको सोच र दृष्टिकोण आउने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार, यो कदमले परम्परागत राजनीतिक दलहरूको प्रभाव कमजोर हुँदै गएको संकेत गर्छ, साथै जेनजी आन्दोलन र वैकल्पिक नेतृत्वप्रति जनताको आस्था बढ्दै गएको छ।

अब के होला?

प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुन लागेको यो घडीमा संविधानिक बहसहरू पनि चर्कने सम्भावना छ। दलहरू कसरी प्रतिक्रिया जनाउनेछन्, सर्वोच्च अदालतमा कानुनी चुनौती आउँछ कि आउँदैन — यिनै प्रश्नहरू अबको राजनीतिक बहसको केन्द्रबिन्दु हुनेछन्।


यो घटनाक्रम नेपाली राजनीतिमा सत्तान्तरणको नयाँ मोड र यूग हो — जहाँ जेनजी पुस्ता देशको परिवर्तनको बाहक हो भन्ने प्रमाणित गरेको छ। साथै नागरिक दबाबले सत्ता रूपान्तरण सम्भव छ/ हुन्छ भन्ने कुरा प्रमाणित पनि गरेको छ। अब यक्ष प्रश्न यो पनि उठेको छ कि के यो प्रयोगले संस्थागत लोकतन्त्रलाई बल पुर्‍याउनेछ, कि अस्थिरताको अर्को चक्र सुरु गर्ने छ? त्यो त भविश्यले नै देखाउने नै छ। उता राणा शासन देखि पंञ्चायती शासन व्यवस्थ्था हुँदै २०६२ / ६३ को जन आन्दोलनको आगो खपेका नेपालका पुराना राजनैतिक दलहरुको प्रतिक्रिया तथा कानुनका ज्ञाताहरुको प्रतिक्रिया के आउँछ ? त्यो पनि हेर्न बाँकी नै छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button