प्रहार समाचार । तनहुँ, २७ भदौ २०८२ शुक्रवार । ‘जेन जी’ पुस्ता आन्दोलनको क्रममा तनहुँ जिल्लामा सवारीसाधन र भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको छ । जस्का कारण करोडौंको क्षति हुन पुगेको हो । आन्दोलनका क्रममा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन तथा सरकारी र व्यक्तिगत संरचनामा आंशिकदेखि पूर्ण क्षति पुगेको छ। तस्बिर : प्रहारहरु अनलाईन मिडिया

सवारीसाधनतर्फ दुईपाङ्ग्रे ३८ वटा पूर्ण रूपमा, १० वटा आंशिक रूपमा र अन्य केही सामान्य रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष बिकले जानकारी दिए । त्यस्तै, चारपाङ्ग्रे सवारीसाधनमध्ये १९ वटा पूर्ण, २८ वटा आंशिक र १७ वटा सामान्य क्षति पुगेका छन्। यीमध्ये सरकारी स्वामित्वका ६६ वटा र निजि स्वामित्वका ७८ वटा सवारीसाधन छन्, जसमा निजि क्षेत्रको क्षति तुलनात्मक रूपमा बढी देखिएको छ।

भौतिक संरचनाको क्षति विवरण अनुसार, सरकारी कार्यालय तर्फ ४ वटा पूर्ण रूपमा, १७ वटा आंशिक रूपमा र १ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै व्यक्तिगत सम्पत्तिमा भने ९ वटा पूर्ण, ३९ वटा आंशिक र केही सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

यसरी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो असर पा पारेको र देखिन्छ। सुरक्षा निकायले यस्ता घटनाबाट हुने क्षतिको न्युनिकरणका लागि संयमता अपनाउन आह्वान गरेको छ।

























