हेडलाईनसमाचारप्रदेश

‘जेन जी’ पुस्ता आन्दोलन : देशभर ५१ जनाको मृत्यु : त्रिविमा ३६ शव

प्रहार समाचार । काठमाडौं, २७ भदौ २०८२ शुक्रवार ।
‘जेन जी’ पुस्ताको आन्दोलन का क्रममा देशभरमा हालसम्म ५१ जनाको ज्यान गएको पुष्टि भएको छ । प्रहरी सह–प्रवक्ता रमेश थापाका अनुसार मृत्यु हुनेमध्ये ३ जना नेपाल प्रहरी, १ जना भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक रहेका छन् ।

मृतकहरुको शव व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई प्रमुख केन्द्र बनाइएको छ। हालसम्म ३६ जनाको शव त्रिविमा रहेको पुष्टि भएको छ भने तीमध्ये केहीको पोष्टमार्टम आजबाट सुरु गरिएको प्रहरीले जनाएको छ।

“मृतकहरुको पहिचान र मृत्युको कारण खुलाउने कार्यमा हामी प्राथमिकताका साथ जुटेका छौं,” सह–प्रवक्ता थापाले भने, “शव संख्या अझै बढ्न सक्ने सम्भावना पनि छ।”

काठमाडौं उपत्यकाका अन्य अस्पतालहरूमा समेत शवहरू हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आन्दोलनका क्रममा भएको हिंसात्मक झडप, भीड नियन्त्रणमा प्रहरी हस्तक्षेप, र सडकमै भएका अप्रत्याशित घटनाले मृतकको संख्या बढेको देखिन्छ।

यस आन्दोलनमा विशेषगरी युवा पुस्ता सडकमा उत्रिएको देखिएको छ। आन्दोलनको औपचारिक नेतृत्व’ ‘जेन जेड’ पुस्ता ले लिएतापनि ठूलो सङ्ख्यामा अन्य समूहको घुसपैठ भएको संकेतहरू देखिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button