हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य अहिले सम्मकै महङ्गो : चाँदीको मूल्यपनि बढ्यो

प्रहार समाचार । काठमाडौं, २७ भदौ २९८२ शुक्रवार । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

गत बिहीबारसम्म प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार एकैदिन १ हजार १ सय रुपैयाँले महँगिएको हो। चाँदीको मूल्य पनि स्थिर छैन। बिहीबार २ हजार ५०५ रुपैयाँमा रहेको चाँदीको मूल्य शुक्रबार २ हजार ५६५ रुपैयाँमा पुगेको छ। चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँको वृद्धि भएको हो।

सुनचाँदीको मूल्यमा यति तीव्र वृद्धि हुनुका पछाडि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, डलरको भाउ र स्थानिय माग–आपूर्तिको असन्तुलन जस्ता कारणहरू देखिएको छ। विशेषगरी चाडपर्व नजिकिँदै गर्दा सुनको मागमा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button