प्रहार समाचार । काठमाडौँ, २७ भदौ २०८२ शुक्रवार । भ्रामक र तथ्यहीन सूचनाहरूको पछि नलाग्न नेपाली सेनाले आम नागरिकलाई आग्रह गरेको छ। सेनाले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सेनासम्बन्धी टीकाटिप्पणी, विश्लेषण र अडकलबाजीहरू सामाजिक सञ्जालमा बढ्दै गएकाले यस्ता झुटा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनासम्बन्धी आधिकारिक जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय पृतना मुख्यालयहरूलाई सम्पर्क आग्रह गरिएको छ। नेपाली सेनाका यथार्थ तथ्यमा आधारित सूचनामात्र ग्रहण गर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।
सेनाले सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन जनसम्पर्क निर्देशनालयसहित क्षेत्रीय पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न अनुरोध गरेको छ। यसमार्फत गलत प्रचारको प्रभाव न्यून पार्ने र जनमानसमा स्पष्टता ल्याउने उद्देश्य राखिएको छ।

























