Uncategorized

तनहुँबाट फरार भएका १२ जना कैदी पक्राउ

प्रहार समाचार । तनहुँ, २६ भदौ २०८२ बिहीवार । ‘जेनजेड’ पुस्ता आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार भएका १२ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनले भने, “फरार भएका कैदीबन्दीमध्ये १२ जनालाई पक्राउ गर्न सफल भएका छौँ। खोजी कार्य अझै जारी छ।”

मंगलबार राति तनहुँ कारागारबाट मात्रै ३ सय २७ जना कैदीबन्दी भागेका थिए। जेनजेड आन्दोलनको आडमा देशभरका कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दीहरू भाग्न सफल भएका थिए।

प्रहरीका अनुसार अहिले बाँकी फरार कैदीहरूको पहिचान र खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button