हेडलाईनसमाचारप्रदेश

शान्ति सुव्यवस्थाको लागि संयमता अपनाउन राष्ट्रपतिको अपिल

प्रहार समाचार । काठमाडौँ, २६ भदौ २०८२ बिहिबार । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सबै पक्षलाई संयमतापूर्वक शान्ति सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले आन्दोलनरत नागरिकहरूको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै समस्याको समाधान छिटो भन्दा छिटो खोजिने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले बिहीवार एक वक्तव्य जारी गर्दै मुलुकलाई संवैधानिक दायराभित्रै रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका हुन्। उनले लोकतन्त्रको संरक्षण र समाजमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्।

‘मुलुकको बिषम परिस्तिथिमा कसरी निकास दिन सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ राष्ट्रपति पौडेलको वक्तव्यमा उल्लेख गरिएको छ । ‘आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु।’ राष्ट्रपति पौडेलले अपिल गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button