प्रहार समाचार । पेरिस, २६ भदौ २०८२ बिहीवार । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीतिविरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्किंदै गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी पेरिस लगायतका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्। स्थिति यति तनावपूर्ण बनेको छ कि कतिपय स्थानमा आगजनी र प्रहरीमाथि ढुङ्गामुढा समेत भएको पुष्टि भएको छ।

प्रदर्शनकारीहरू म्याक्रोन सरकारमाथि जनताको जीवनस्तर उकास्न असफल भएको आरोप लगाइरहेका छन्। उनीहरूका अनुसार हालसम्म सरकारले ल्याएका नीतिहरूले सामान्य नागरिकको दैनिक जीवन झनै कष्टकर बनाएको छ।
पेरिसका केही भागमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षाका लागि देशभर करिब ८० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपले स्थितिलाई थप जटिल बनाएको छ। सरकार पक्षले प्रदर्शनलाई नियन्त्रित गर्न अपिल गरे पनि जनआक्रोश अहिलेका लागि मत्थर हुने संकेत देखिएको छैन। व


























