हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : केहि प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २६ भदौ २०८२ बिहीवार । । देशभर आज सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सामान्यभन्दा केही उत्तरतिर सरेको छ। यसको प्रभावले देशका अधिकांश भागमा बदली र केही स्थानमा वर्षा हुने सम्भावना देखिएको हो।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बाँकी तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसमविद्‌हरूले विशेष गरी पहाडी क्षेत्रमा भू–स्खलनको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

त्यस्तै, कोशी प्रदेशको पहाड, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले चेतावनी दिएको छ। नागरिकलाई आवश्यक सतर्कता अपनाउन, नदी–खोला आसपास सतर्क रहन तथा सम्भावित जोखिमका क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button