हेडलाईनसमाचारप्रदेश

“इतिहासकै अनुपम मोडमा देश : मेयर बालेनको ‘जेन–जी’ लाई सन्देश, राष्ट्रपति समक्ष आग्रह”

प्रहार समाचार । काठमाडौं, २६ भदौ २०८२ बिहीवार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश संवैधानिक रूपान्तरणको अहम मोडमा पुगेको स्पष्ट पार्दै समस्त ‘जेन–जी’ पुस्तालाई धैर्य र विवेकपूर्वक अघि बढ्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै उनले हालको अस्थिर राजनीतिक परिस्थितिमा ‘जेन–जी’ को अग्रसरता र सुझबुझपूर्ण भूमिकालाई ऐतिहासिक भनेका छन्।

बालेनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई पूर्ण समर्थन रहेको उल्लेख गर्दै, हतारमा नेतृत्वको आकांक्षा राख्नेहरूलाई संयमित बन्न आग्रह गरेका छन्। “तपाईँहरूको जोश र इमानदारी देशलाई अस्थायी होइन, स्थायी रूपमा आवश्यक छ,” उनले लेखेका छन्।

उनले राष्ट्रपतिलाई समेत सम्बोधन गर्दै संसद विघटन र अन्तरिम सरकार गठनको माग गरेका छन्। ‘जेन–जी’ हरुले सुरु गरेको परिवर्तनको लहरलाई संवैधानिक सुरक्षा दिन अविलम्ब कदम चाल्न उनले राष्ट्रपतिलाई आग्रह गरेका छन्।

“यो पुस्ताले ल्याएको क्रान्ति भावनात्मक होइन, संरचनागत हो”, मेयर बालेनको यो भनाइले युवा पुस्ताको राजनीतिक चेत र जिम्मेवारीप्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button