प्रहार समाचार । काठमाडौँ, २५ भदौ २०८२ बुधवार । ‘जेन- जी’ पुस्ताको आन्दोलनपछि नेपालका ठूला राजनैतिक दल एमाले र कांग्रेस मिलेर केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकार पतन भएपछि पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा जेन–जी पुस्ताले “पुस्तान्तरण सरकार” घोषणाको सहमती जुटाएको छ। भदौ २३ गते भ्रष्टाचारको अन्य र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनकारीहरूमाथि भएको गोलीकाण्डपछि २४ गते भएको आन्दोलनले ओली सरकार पतन भई नयाँ अन्तरिम सरकार गठनको अन्तिम तयारी भएको हो।

आज ‘जेन- जी ‘ पुस्ता बिच १० घण्टा लामो भर्चुअल बैठक र ३ हजारभन्दा बढी सहभागीसँगको अनलाइन मतदानबाट कार्कीलाई ५० प्रतिशत मत प्राप्त भएपछि उनि अन्तरिम सरकारको प्रमुखको रूपमा चयन भएकी हुन्। अब कार्कीको नेतृत्वमा सरकार बन्ने र उक्त सरकारले नयाँ संविधान, र ६ महिनाभित्र संघीय संसदको निर्वाचन गराउने घोषणा गर्ने छ ।
अन्तरिम सरकारको घोषणापत्र अनुसार, नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, प्रदेशहरू खारेज गरी संघ र स्थानीय तह मात्र राख्ने, र संवैधानिक निकायहरूमा दलगत भागबण्डा अन्त्य गर्ने व्यवस्था प्रस्ताव गरिएको श्रोतले बतायो । सांसदहरूले मन्त्री बन्न नपाउने, प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी बन्न नपाउने र राष्ट्रिय सभा तथा स्थानीय तहलाई पूर्ण रूपमा गैरदलीय बनाउने उल्लेख भएको समाचार श्रोतले बतायो ।

सरकारले २०४६ सालयता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी अनुचित सम्पत्ति जफत गर्ने, विगतका सबै ठूला भ्रष्टाचार काण्डहरूको स्वतन्त्र छानबिन गर्ने, र ‘जेन- जी’ पुस्ताको आन्दोलमा गोलीकाण्डका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको एक सदस्यले बताए । ‘जेन–जी’ पुस्ताले यो सरकारलाई संक्रमण होइन, पुस्तान्तरण सरकारका रूपमा परिभाषित गर्दै राष्ट्र पुनर्निर्माणको संकल्प लिएको समेत उल्लेख गरेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिक्देलले औपचाकि रूपमा जेन- जी पुस्तालाई अन्तरिम सरकार बनाउनका लागि छलफलका लागि आउन आव्हान गरेका थिए । अन्तरिम सरकारले आन्दोलनका क्रममा सिंहदरबार , सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय शितलनिवास , लगायत सैयौ क सरकारी कार्यालयहरु आन्दोलनका क्रममा आगलागीले खरानी भएको विषयमा भने केहि बोलेको छैन ।

























